भारतमा कोल्डप्लेको कन्सर्टको टिकटमा घोटाला

नयाँ दिल्ली । तपाई भारतमा हुनु हुन्छ र ९ लाख रुपैयाँ छ भने के किन्नु हुन्छ ? एउटा कार, वर्ल्ड टूर ? हिराको गहना वा कोल्डप्लेको कन्सर्टको टिकट ? बेलायती रक ब्यान्डले आगामी वर्ष मुम्बईमा कन्सर्ट गर्दै छ ।
बूक माई सोमा कन्सर्टका टिकट केही मिनेटमै सोल्ड आउट भएका थिए । तर अहिले ब्ल्याकमा ठुलो रकममा विक्री भइरहेको छ । आइतबार टिकटको विक्री सुरु भएको थियो । टिकटको मूल्य २ हजार ५०० भारु देखि १२ हजार भारुबिच रहेको थियो ।
कन्सर्टका लागि कूल १ लाख ८० हजार टिकट थियो । यी टिकट किन्न १ करोडभन्दा धेरैले तछाड मछाड गरिरहेका थिए । तर तर अनलाइनमा घण्टौँ कुर्दा कुर्दा साइट क्र्याश भएको केही फ्यानको गुनासो छ । अन्य कयौँले भने टिकट ब्ल्याकमा बेच्नका लागि लुकाइएको आरोप लगाइरहेका छन् । कालो बजारमा टिकटको मूल्य ९ लाख भारुसम्म पुगेको पछि भारतमा यतिबेला हङ्गामा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी
-
कैलालीमा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते
-
के हो टेलिकमको बिलिङ प्रकरण ?, अख्तियारले कहाँनिर देख्यो भ्रष्टाचार ?
-
वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार
-
१५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलालीलाई
-
बेरिङटनको शतक, नेपालसामु विशाल लक्ष्य