भारतमा कोल्डप्लेको कन्सर्टको टिकटमा घोटाला
नयाँ दिल्ली । तपाई भारतमा हुनु हुन्छ र ९ लाख रुपैयाँ छ भने के किन्नु हुन्छ ? एउटा कार, वर्ल्ड टूर ? हिराको गहना वा कोल्डप्लेको कन्सर्टको टिकट ? बेलायती रक ब्यान्डले आगामी वर्ष मुम्बईमा कन्सर्ट गर्दै छ ।
बूक माई सोमा कन्सर्टका टिकट केही मिनेटमै सोल्ड आउट भएका थिए । तर अहिले ब्ल्याकमा ठुलो रकममा विक्री भइरहेको छ । आइतबार टिकटको विक्री सुरु भएको थियो । टिकटको मूल्य २ हजार ५०० भारु देखि १२ हजार भारुबिच रहेको थियो ।
कन्सर्टका लागि कूल १ लाख ८० हजार टिकट थियो । यी टिकट किन्न १ करोडभन्दा धेरैले तछाड मछाड गरिरहेका थिए । तर तर अनलाइनमा घण्टौँ कुर्दा कुर्दा साइट क्र्याश भएको केही फ्यानको गुनासो छ । अन्य कयौँले भने टिकट ब्ल्याकमा बेच्नका लागि लुकाइएको आरोप लगाइरहेका छन् । कालो बजारमा टिकटको मूल्य ९ लाख भारुसम्म पुगेको पछि भारतमा यतिबेला हङ्गामा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण