१३० मेगावाट विद्युत् उत्पादन बन्द
काठमाडौँ । बाढी तथा पहिरोका कारण कुल १३० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । शुक्रबार र शनिबारको बाढी तथा पहिरोले केही जलविद्युत् आयोजनामा पूर्ण तथा केहीमा आंशिक क्षति पुर्याएको छ ।
२२ मेगावाटको माण्डू खोला जलविद्युत् आयोजनाको पावरहाउस पूरै डुबेको छ । यसैगरी २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको पावरहाउस पनि डुबेको छ । ८.५ मेगावाटको माथिल्लो हेवा खोला र १४.९ मेगावाटको हेवा खोला ‘ए’ परियोजना पनि क्षति पुगेको छ ।
समग्रमा १३० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, इप्पानका महासचिव बलराम खतिवडाले जानकारी गराए । स्थलगत अध्ययनपछि कहिले सञ्चालनमा ल्याउने भन्ने थाहा हुने उनको भनाइ छ ।
शनिबार ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा पनि क्षति पुगेको थियो । बाढी पहिरोले विद्युत् उत्पादन र प्रसारण लाइनमा समेत क्षति पुर्याएपछि देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।
काठमाडौंलाई विद्युत् आपूर्ति गर्ने मुख्य प्रसारण लाइन खिम्ती –लामासाँघु प्रसारण लाइनको ७ नं टावर बग्दा आपूर्ति बन्द गरिएको छ । यो १३२ केभीको प्रसारण लाइन हो । ढल्केबर –पथलैया प्रसारण लाइन पनि अवरुद्ध छ । यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ । आपूर्ति प्रणालीमा समस्या भएपछि शनिबार साँझ ३०० मेगावाट विद्युत् भारतबाट ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण