रौतहटमा ३५५ घर डुबानमा
रौतहट । गत बिहीबारदेखि परेको अविरल वर्षासँगै रौतहटका विभिन्न नदी तथा खोलामा आएको बाढीले जिल्लामा ३५५ घर डुबानमा परेका छन्। पूर्वमा बागमती र पश्चिममा लालबकैया नदीसँगै चाँदी, धनसार, तरहारी, लगायतको नदीमा बाढी आएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिका-६ , दुर्गा भगवती-३, गढीमाई-३ मा बागमती नदीको बाँध फुटेर शनिबार एक दर्जनभन्दा बढी गाउँमा पानी पसेको थियो । दुर्गा भगवती-३ मत्सरी बदहरवास्थित घरमा पानी पसेपछि ११९ परिवारलाई प्रहरीले उद्धार गरी धर्मशालामा पुर्याएको थियो । त्यस्तै गंगा पिपरामा १०० घरमा पानी पसेपछि उनीहरूलाई सुरक्षित रूपमा विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
त्यस्तै शनिबार बाढीको क्रममा जिल्लाको विभिन्न स्थानका नदी तथा खोलामा फसेका ११९ जना मानिसलाई संयुक्त सुरक्षा टोलीले उद्धार गरेको उल्लेख गरिएको छ। यता बेलाबिछावा, ब्रहमपुरी र वडहरवा प्रहरी चौकीसमेत डुबानमा परेको छ।
अविरल वर्षा र बाढीको कारण बागमती र लालबकैया नदीका केही ठाउँमा बाँध फुट्नुका साथै झन्डै १ दर्जन स्थानमा क्षति पुगेको छ।
बाढीका कारण एउटा गाईको मृत्यु हुनुका साथै ४ वटा खसी बाख्रा बेपता भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। राहत तथा उद्धारको लागि जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहित १०४ जनाको टोली परिचालन गरिएको छ। त्यस्तै सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँ सहित २७५ जनाको टोली परिचालन गरिएको थियो।
त्यस्तै मेजर झनक थापाको कमान्डमा १५० जना नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन्। आइतबार पनि बिहानैदेखि संयुक्त सुरक्षा टोली जिल्लाका विभिन्न स्थानमा राहत तथा उद्धारको लागि परिचालन गरिएको रेग्मीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण