के छ राप्रपाले सरकारलाई दिएको ८ बुँदे सुझावमा ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई ८ बुँदे लिखित सुझाव दिएको छ । पार्टी प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ८ बुँदे ‘प्राकृतिक विपत्तिको पूर्व तयारी’ विषयमा सुझाव बुझाएका हुन् ।
सुझावमा राप्रपाले जोखिम पहिचान र मूल्याङ्कन‚ पूर्वसूचना प्रणाली‚ भौतिक पूर्वाधार निर्माण‚ समुदायमा आधारित विपत् व्यवस्थापनको विषय समावेश गरेको छ । यस्तै‚नीतिगत व्यवस्था‚ अनुसन्धान तथा विकास‚ पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा भौतिक पूर्वाधारको नियमित मर्मत सम्भारको विषय समावेश गरिएको छ ।
‘नेपाल जस्तो भू–भागमा बाढी पहिरोको जोखिमलाई पूर्ण रूपमा अन्त्य गर्न असम्भव भए पनि प्रभावकारी पूर्व तयारीमार्फत यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ। यसका लागि सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र र आम नागरिक सबैको सक्रिय सहभागिता आवश्यक छ‚’ समावेश गरिएको सुझावमा लेखिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
-
विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
-
इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण