क्रान्तिकारीको नेतृत्व छनोटमा पार्टीले हस्तक्षेप नगर्ने, सहयोग मागे विचार गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अखिल क्रान्तिकारीको नेतृत्व छनोटमा हस्तक्षेप नगर्ने नीति लिएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अहस्तक्षेपकारी नीति लिएको हो ।
राजधानीमा जारी अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन सोमबारदेखी नेतृत्व छनोटका लागि निर्वाचन प्रक्रियामा जाँदैछ । बैठकमा अध्यक्ष प्रचण्डले विगतमा पार्टीले हस्तक्षेप गर्दा अप्रिय अवस्था आएकाले यो पटक पुरानो गल्ती नदोहोर्याउने बताएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । विद्यार्थी नेताहरूलेनै सहयोग मागेको खण्डमा पार्टीले विचार गर्ने उनले बताए ।
‘पहिला उहाँहरूले कस्तो विधान पास गर्छन् हेरौँ । विगतमा पार्टीले हस्तक्षेप गर्दा अप्रिय स्थिति देखियो । योपटक पुरानो गल्ती दोहोराउने पक्षमा हामी छैनौँ । सकभर सहमतिमै नेतृत्व छनोट होस भन्ने हाम्रो चाहना हो । भएन भने सिधै निर्वाचन प्रक्रियामा प्रवेश गर्छ । पार्टीले हस्तक्षेप गर्दैन । यदि उहाँहरूले सहयोग वा समन्वयको अपेक्षा गर्नुभयो भने पार्टीले सहयोग गर्छ’, रातोपाटीसँग उनले भने ।
यस्तै क्रान्तिकारीभित्र उमेरहद राख्ने कि नराख्ने विषयमा एक मत देखिएको छैन । सम्मेलन नियमित र प्रत्यक्ष निर्वाचनबाट हुनुपर्नेमा अधिकांश प्रतिनिधिको जोड रहेको छ । यी विषयमा सहमति नभए मतदान प्रक्रियाबाट टुंगिने उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । रावलका अनुसार विधान बन्दसत्रबाट अनुमोदन भएपछि पदाधिकारीसहित सिंगो केन्द्रीय समितिको निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण