चीनले तयार पार्यो आफ्नो पहिलो लुनार स्पेससुट
सोमबार, १४ असोज २०८१, ११ : ५८

बेइजिङ । चीनले आफ्नो पहिलो लुनार स्पेससुटको डिजाइन तयार पारेको छ । चीनले सन् २०३० सम्ममा मानवसहितको यानलाई चन्द्रमामा पठाउन थालेको छ । स्पेससुट तयार पारेसँगै चीन यसतर्फ अर्को एक कदम नजिक पुगेको छ ।
चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए)ले शनिबार उक्त लाइटवेट सुट अनावरण गरेको हो । चार वर्षसम्मको अनुसन्धान र विकास कार्यपछि सीएमएसएले सो सफलता हात पारेको हो ।
सरकारी टिभी च्यानल सीसीटीभीका अनुसार स्पेससुटले चनद्रमाको कठोर वातावरणमा अन्तरीक्षयात्रीहरूको सुरक्षा गर्नेछ । चन्द्रमाको वातावरण पृथ्वीको जस्तै छैन । त्यहाँ तापमान निकै छिटो छिटो फेरिन्छ ।
चन्द्रमाको इक्वेटर नजिक तापमान १२० डिग्री सेल्सियसदेखि माइनस १३० डिग्रीसम्म हुन्छ । यो सुटले अन्तरीक्षयात्रीहरूलाई चन्द्रमाको सतहमा हिँडडुल गर्न, उक्लिन र वैज्ञानिक अनुसन्धान गर्न सघाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता
-
छुटे धवलशमशेर, ३ तस्बिरमा हेर्नुहोस्
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
३ लाख धरौटी बुझाएर रिहा भए धवल शमशेर राणा
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)