चीनले तयार पार्यो आफ्नो पहिलो लुनार स्पेससुट
सोमबार, १४ असोज २०८१, ११ : ५८
बेइजिङ । चीनले आफ्नो पहिलो लुनार स्पेससुटको डिजाइन तयार पारेको छ । चीनले सन् २०३० सम्ममा मानवसहितको यानलाई चन्द्रमामा पठाउन थालेको छ । स्पेससुट तयार पारेसँगै चीन यसतर्फ अर्को एक कदम नजिक पुगेको छ ।
चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए)ले शनिबार उक्त लाइटवेट सुट अनावरण गरेको हो । चार वर्षसम्मको अनुसन्धान र विकास कार्यपछि सीएमएसएले सो सफलता हात पारेको हो ।
सरकारी टिभी च्यानल सीसीटीभीका अनुसार स्पेससुटले चनद्रमाको कठोर वातावरणमा अन्तरीक्षयात्रीहरूको सुरक्षा गर्नेछ । चन्द्रमाको वातावरण पृथ्वीको जस्तै छैन । त्यहाँ तापमान निकै छिटो छिटो फेरिन्छ ।
चन्द्रमाको इक्वेटर नजिक तापमान १२० डिग्री सेल्सियसदेखि माइनस १३० डिग्रीसम्म हुन्छ । यो सुटले अन्तरीक्षयात्रीहरूलाई चन्द्रमाको सतहमा हिँडडुल गर्न, उक्लिन र वैज्ञानिक अनुसन्धान गर्न सघाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण