यी हुन् मिस यूनिभर्स कोरियाकी ८० वर्षिया प्रतिस्पर्धी
सोल । चोई सुन–ह्वा विश्वकै पहिलो मिस युनिभर्स प्रतियोगिता हुनुभन्दा ठ्याक्कै एक दशकअगाडि जन्मिएकी हुन् । मिस युनिभर्सको प्रतिस्पर्धामा सहभागी हुने सबैभन्दा बुढी प्रतिस्पर्धी बन्दैछिन् ८० वर्षकी चोई । यो महिनाको सुरुमा मिस युनिभर्स कोरियाको अन्तिम प्रतिस्पर्धीको रूपमा उनको नाम सार्वजनिक भएको थियो ।
सोमबार हुन गइरहेको प्रतिस्पर्धामा चोई अन्य ३१ जना प्रतिस्पर्धीसँग उपाधिका लागि भिड्नेछिन् । भाग्य राम्रो रहेछ र उपाधि चुमिन् भने उनले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्सको फाइनलमा दक्षिण कोरियाको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछिन् ।
‘८० वर्षकी महिला पनि यति स्वस्थ कसरी हुन्छिन् ?’ भनेर म विश्वलाई अचम्मित बनाउन चाहन्छु ।’ प्रतिस्पर्धा सुरु हुनुअघि सीएनएनसँग फोनमा कुराकानी गर्ने क्रममा उनले भनिन् । उमेर बढ्दै जाँदा तौल पनि बढ्दै जान्छ, बुढ्यौलीमा पनि स्वस्थ भएर कसरी बाँच्न सकिन्छ भनेर आफूले देखाउन चाहेको पनि उनले बताइन् ।
दशकौँसम्म मिस युनिभर्सका आयोजकहरूले उमेरमा कडा प्रतिबन्ध लगाएका थिए । प्रतिस्पर्धामा १८ देखि २८ वर्ष बिचका युवतीहरूलाई मात्रै सहभागी हुन दिइन्थ्यो । तर सन् २०२४ देखि प्रतिस्पर्धामा उमेर हद हटाइएको छ । गएको वर्ष आयोजकहरूले गर्भवती वा–आमा भइसकेका महिला वा विवाहिता माथिको प्रतिबन्ध पनि फुकाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण