मापसेमा परे पप ब्यान्ड बीटीएसका गायक, साढे १ करोड वन जरिवाना
सोल । दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका सदस्य सुगा अर्थात् मिन यून–गीलाई १ करोड ५० लाख वन (११ हजार ५०० अमेरिकी डलर) जरिवाना तिराइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर विद्युतीय स्कुटर चलाएको आरोपमा उनलाई सो रकम जरिवाना तिराइएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । सोलस्थित घर नजिकै स्कुटरबाट लडेर उठ्दै गरेको अवस्थामा अगस्टमा प्रहरीहरूले गायकलाई भेटेका थिए ।
रक्सी खाएर स्कुटर चलाएको पाएपछि उनीमाथि अभियोग लगाइएको थियो । त्यतिबेला उनको रगतमा शून्य दशमलव २२७ प्रतिशत अल्कोहल भेटिएको थियो । यो भनेको शून्य दशमलव शून्य ८ प्रतिशतको थ्रेसहोल्डभन्दा निकै धेरै थियो । यो घटनापछि गायक सुगाको लाइसेन्स खारेज गरिएको थियो । नजिकै त हो नि भन्ने सोचेर स्कुटर चलाएको र यस क्रममा आफूले नशाको सुरमा सवारी साधन चलाउन हुँदैन भन्ने कुरा बिर्सिएको उनको भनाइ थियो ।
यस घटनामा कसैलाई घाउ चोट नलागेको र कसैको सम्पत्ति क्षति नभएको भएपनि यसको सारा जिम्मा आफूले लिने भन्दै गायकले माफी मागेका थिए । यो घटनापछि सुगाले चर्को आलोचना खेप्नु परेको थियो । कतिले त उनलाई बीटीएस छाड्न समेत भनेका थिए । गएको शुक्रबार सोलको एउटा जिल्ला अदालतले गायकलाई सो जरिवाना तिराएको हो । ३१ वर्षिय गायक यतिबेला सेनामा सामाजिक सर्भिस एजेन्टका रुपमा काम गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण