विपद्
बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो, ३१ जना बेपत्ता
सोमबार, १४ असोज २०८१, १२ : २३
काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै ३१ जना बेपत्ता रहेका छन् ।
घाइतेको सङ्ख्या ९६ रहेको छ भने ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ । लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण