एनपीएल क्रिकेट : सुदूरपश्चिम टोलीको नाम र लोगो सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।
सुदूरपश्चिमको टोली आगामी एनपीएलमा ‘सुदूरपश्चिम रोयल्स’ को नामबाट सहभागी हुनेछ । सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि आफ्नो लोगो पनि सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिसँग रहेको छ । सुदूरपश्चिम रोयल्सले आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शनको तयारी गरिरहेको पनि जनाएको छ ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडीका रुपमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । उनी नेपाली राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । उनी हाल राष्ट्रिय टोलीसँगै क्यानडा भ्रमणमा छन् ।
आगामी एनपीएलमा आठवटा टोलीको सहभागिता रहने क्यानले जनाएको छ । प्रतियोगिता आगामी मंसिर १६ देखि पुस ७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण