सेयर बजार
नेप्से ४४ अंकले बढ्यो, परिसूचक २५०८ बिन्दुमा
सोमबार, १४ असोज २०८१, १५ : १४
काठमाडौँ । सोमबार (आज) सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो ।
आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो ।
आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
आज सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबल योजना, यूनाइटेडलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण