खेलकुद
तस्बिरमा हेर्नुहोस् एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेल
सोमबार, १४ असोज २०८१, १८ : ३७
काठमाडौँ । सोमबारदेखि एभरेष्ट महिला भलिबल लिग सुरु भएको छ । पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ को उद्घाटन खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (खेप)को कभर्डहलमा भएको हो ।
उद्घाटन खेलमा ललितपुर क्विन्स विजयी भएको छ । ललितपुर क्विन्सले छिमेकी प्रतिद्वन्द्वी काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटले हराएको हो ।
प्रतियोगिताको पहिलो दिन सोमबार थप दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल मधेश युनाइटेड र कर्णाली यश्विजबिच खेलिने छ । यसैगरी, पहिलो दिनको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिच खेलिने छ ।
प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुनेछ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ ।





























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण