बाढी पहिरोबाट थप ६ जिल्लाका ३३ विद्यालयमा क्षति
काठमाडौँ । बाढी पहिरोका कारण थप ६ जिल्लाका ३३ वटा विद्यालयमा क्षति पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तेह्रथुम, ललितपुर, सिन्धुली, काभ्रेपलान्चोक, गुल्मी र सुर्खेतका विद्यालयहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको देखिएको हो ।
काभ्रेपलान्चोकको तेमाल गाउँपालिकामा पहिरोमा परेर तीन जना विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कुशेह्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविमा अध्ययनरत २ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि पहिलो दिनको तथ्यांक अनुसार १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको पाइएको थियो । त्यस्तै पहिरोमा पुरिएर ८ जना विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै १० हजार ९०० भन्दा बढी विद्यार्थी बाढी पहिरोबाट प्रभावित भएका थिए ।
शिक्षा मन्त्रालयले बाढी पहिरो तथा डुबानका कारण विद्यालयमा पुगेको क्षतिको विवरण संकलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण