बाढी पहिरोबाट थप ६ जिल्लाका ३३ विद्यालयमा क्षति

काठमाडौँ । बाढी पहिरोका कारण थप ६ जिल्लाका ३३ वटा विद्यालयमा क्षति पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तेह्रथुम, ललितपुर, सिन्धुली, काभ्रेपलान्चोक, गुल्मी र सुर्खेतका विद्यालयहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको देखिएको हो ।
काभ्रेपलान्चोकको तेमाल गाउँपालिकामा पहिरोमा परेर तीन जना विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कुशेह्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविमा अध्ययनरत २ जना विद्यार्थीको पहिरोमा पुरिएर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि पहिलो दिनको तथ्यांक अनुसार १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको पाइएको थियो । त्यस्तै पहिरोमा पुरिएर ८ जना विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै १० हजार ९०० भन्दा बढी विद्यार्थी बाढी पहिरोबाट प्रभावित भएका थिए ।
शिक्षा मन्त्रालयले बाढी पहिरो तथा डुबानका कारण विद्यालयमा पुगेको क्षतिको विवरण संकलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व पौडेल : चुनावमा पराजित, गभर्नरमा ‘विजयी’
-
राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त
-
गभर्नरका लागि विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस, अरू को-को ?
-
पानी पिउन धारामा जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
-
युएस बङ्गला दुर्घटनासम्बन्धी २० थान रिटमा सर्वोच्चको आदेश : विचाराधीन अर्को मुद्दा किनार लागेपछि पेस गर्नू
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू