अरुण नदीले झन् अग्लो बनाउँदैछ सगरमाथा
काठमाडौँ । एक नयाँ अध्ययनले एउटा नदीका कारणले सगरमाथा १०–१५ मिटर अग्लो भएको देखाएको छ । नदीका कारणले यसको आधारको सतहमा रहेको माटो र ढुंगालाई क्षय गराएर यसलाई अझ माथि धकेलिरहेको अध्ययनले बताएको हो ।
युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का शोधकर्ताहरूका अनुसार ७५ किलोमिटर टाढा रहेको अरुण नदीले गरिरहेको भूक्षयले विश्वको सर्वोच्च शिखरको उचाइ प्रति वर्ष २ मिलिमिटरले बढाइरहेको छ ।
‘यो एउटा जहाजबाट सामान फ्याँक्नुजस्तै हो,’ अध्ययनका सह–लेखक एडम स्मिथले बीबीसीसँग भने, ‘जब जहाज हलुका हुन्छ, त्यो अलि माथि तैरिन्छ । त्यसरी नै जब पृथ्वीको सतह ‘क्रस्ट’ हलुका हुन्छ, त्यो पनि अलि माथि तैरिन्छ ।’
इन्डियन र युरेसियन प्लेटबिच ४ देखि ५ करोड वर्षअघि भएको टक्कर र घर्षणबाट हिमालय बनेको थियो । यही कारणले अझै पनि हिमालयको उचाइ बढ्दो छ ।
तर, अरुण नदीको सञ्जाल पनि सगरमाथाको उचाइ बढ्नुमा सहायक कारण बनेको यूसीएलको टोलीको दाबी छ । हिमालयबाट बग्ने यो नदीले पृथ्वीको सतहमा रहेका माटो र ढुंगा बगाउँछ । यसले पृथ्वीको सतहभन्दा तल रहेको ‘म्यानटल’ माथि दबाब कम हुन्छ । यसले उसलाई माथि तैरिन सजिलो हुन्छ ।
यो प्रक्रियालाई ‘आइसोस्टाटिक रिबाउन्ड’ भनिएको छ । यो अध्ययन नेचर जियोसाइन्समा प्रकाशित गरिएको छ । अध्ययनमा अरुण नदीले सगरमाथा मात्र नभएर ल्होत्से र मकालुको उचाइ पनि बढाइरहेको उल्लेख छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण