बलिउड अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली
मङ्गलबार, १५ असोज २०८१, १० : २०
काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गोविन्दाको आफ्नै पेस्तोलबाट गोली लागेको हो । घरमा पेस्तोल सफा गरिरहेको अवस्थामा गोली चलेको बताइएको छ ।
गोविन्दाको मेनेजरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार गोविन्दासँग अनुमतिप्राप्त हतियार थियो । उनले आफ्नो पेस्तोललाई थन्क्याउन लाग्दा जमिनमा खसेर गोली चलेको बताइएको छ ।
खुट्टामा लागेको गोली चिकित्सकले निकालिसके पनि गोविन्दा हाल अस्पतालमै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण