दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको इजलासमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै दाय गरिएको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई रिहाईको माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
सोमबार पनि उक्त मुद्दा पेसीमा चढेपनि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो ।
उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
प्रसाईंलाई एक साताअघि प्रहरीले पक्राउ गरेको थियो भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर समेत भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित