गृहमन्त्रीलाई चित्रबहादुरको प्रश्न - सरकार भएको देशमा पनि यस्तो हुन्छ ?
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले काठमाडौँमा मात्रै बाढीबाट ३७ जनाको मृत्यु भएको, दुर्गम क्षेत्रमा त सरकार कसरी पुग्ला भन्दै प्रश्न गरे ।
'काठमाडौँमा ४ घण्टा टिनको छानामाथि बस्दा पनि उद्धार हुन सकेन, यही हो मौका भनेर पोखराबाट प्लेनमा आउँदा तेब्बर भाडा उठाइरहेको छ, सरकार भएको देशमा यस्तो हुन्छ ?' सांसद केसीको प्रश्न थियो ।
आजको बैठकका लागि आफू हिजो पोखराबाट प्लेनमा आउँदा बढी भाडा तिर्नुपरेको, १ बजे उड्ने भनेको प्लेन ३ बजे चढ्न पाएको तर प्रधानमन्त्री विदेशबाट अवतरण गर्न लागेको भनेर एयरपोर्ट बन्द भएको सूचनापछि फेरी प्लेनबाट झर्नुपरेको उनले गुनासो गरे । प्रधानमन्त्री आउँदा विमानस्थल किन बन्द गर्नुपर्यो ? भन्दै केसीले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण