गृहमन्त्रीलाई चित्रबहादुरको प्रश्न - सरकार भएको देशमा पनि यस्तो हुन्छ ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशमा सरकार छ कि छैन भन्दै प्रश्न गरेका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले काठमाडौँमा मात्रै बाढीबाट ३७ जनाको मृत्यु भएको, दुर्गम क्षेत्रमा त सरकार कसरी पुग्ला भन्दै प्रश्न गरे ।
'काठमाडौँमा ४ घण्टा टिनको छानामाथि बस्दा पनि उद्धार हुन सकेन, यही हो मौका भनेर पोखराबाट प्लेनमा आउँदा तेब्बर भाडा उठाइरहेको छ, सरकार भएको देशमा यस्तो हुन्छ ?' सांसद केसीको प्रश्न थियो ।
आजको बैठकका लागि आफू हिजो पोखराबाट प्लेनमा आउँदा बढी भाडा तिर्नुपरेको, १ बजे उड्ने भनेको प्लेन ३ बजे चढ्न पाएको तर प्रधानमन्त्री विदेशबाट अवतरण गर्न लागेको भनेर एयरपोर्ट बन्द भएको सूचनापछि फेरी प्लेनबाट झर्नुपरेको उनले गुनासो गरे । प्रधानमन्त्री आउँदा विमानस्थल किन बन्द गर्नुपर्यो ? भन्दै केसीले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगाको उपाधि उचाल्दै बायर्न म्युनिखले गर्यो जिनको सुखद अन्त्य
-
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?