थाइल्यान्ड : बस दुघर्टनापछि आगलागी हुँदा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का
मङ्गलबार, १५ असोज २०८१, १३ : ४६
बैंकक । थाइल्यान्डमा प्राथमिक तहमा पढ्ने विद्यार्थीहरू बोकेको एउटा बस दुघर्टनामा पर्दा कम्तीमा २० जना बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । राजधानी बैंकक नजिकै दर्जनौँ विद्यार्थी सवार सो बस पल्टिएर आगलागी भएको थियो ।
दुघर्टनामा १६ जना बालबालिका र तीन जना शिक्षकले भागेर ज्यान जोगाए । तर अरू २२ जना विद्यार्थी र तीन जना शिक्षक भने अझै भेटिएका छैनन् ।
उत्तरी प्रान्त उथाई थानीमा विद्यालयको स्थलगत भ्रमणमा गएका विद्यार्थी र शिक्षकहरूलाई लिएर बस फर्किरहेको थियो । आगोले ेबस पूरै जलेर खरानी भएको फोटाहरू सार्वजनिक भएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण