सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नीविरुद्ध मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेत उपर विदेशी विनिमय अपचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।
विकल पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति/स्वीकृति नलिई विदेशी बैंकमा खाता खोली रकम जम्मा गर्ने, उक्त रकम श्रीमती लगायतको नाममा विदेशी बैंकमा जम्मा गर्ने र विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट रकम जम्मा भएको/गराएको विभागको दाबी छ ।
विकल पौडेलले गैरकानुनी रूपमा विदेशी बैंकमा रकम जम्मा गरेको पुष्टि भएको विभागले जनाएको छ । पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, दफा ४ क, दफा ५ को उपदफा २, दफा ९ ग, दफा १६ उल्लङ्घन गरी नेपाल राष्ट्र बैंकले तोकिदिएको व्यवस्था विपरीत नेपाल बाहिर रहेको बैंकमा खाता खोली अवैध रुपमा रकम जम्मा गरेको विभागको दाबी छ ।
विभागका अनुसार विकल पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्र, २०८० को एकीकृत इ.प्रा. परिपत्र १७/२०८० को दफा २ (ग) मा रहेको व्यवस्था विपरीत कार्य गरी विदेशी विनिमय अपचलन गरेको पुष्टि भएको हो । उनले कारोबार गरेको विदेशी मुद्रासमेतको जम्मा हुन आउने नेपाली रुपैयाँ ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा अपचलन गरेको पुष्टि भएकाले उक्त रकम बिगो कायम गरी सोही ऐनको दफा १७ बमोजिम ३ गुणाले गणना हुने बिगो एक अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४५९ जरिवानासहित सजायको मागदाबी गरी सोमबार मुद्दा दायर भएको विभागले जनाएको छ ।
उनकी श्रीमती एलिना बस्नेतले विकल पौडेल पनि अवैध विदेशी मुद्राको कारोबार गर्ने कार्यमा संलग्न देखिएकाले उनलाई फरार कायम गरी एक करोड ५२ लाख ७० हजार ७४० रुपैयाँ बिगो कायम गरी त्यसको तीन गुणा अर्थात् ४ करोड ५८ लाख १२ हजार २२० रुपैयाँ सजाय मागदाबी लिइ काठमाडौँ जिल्ला अदालतमा अभियोग दायर गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण