१३ वर्षअघि आजैको दिन अन्तर्राष्ट्रिय क्रिकेटबाट यो नियम हटाइएको थियो
काठमाडौँ । क्रिकेट खेललाई रोचक, व्यवस्थित र समय सापेक्ष बनाउँदै लैजाने उद्देश्यले समय–समयमा यसका नियमहरूमा परिवर्तन पनि गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समय–समयमा केही पुराना नियमलाई निष्क्रिय बनाउँछ भने केही नयाँ नियम पनि लागू गर्ने गर्छ ।
यस्तै एउटा नियमको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ । के तपाईँलाई थाहा छ, १३ वर्षअघि आजैको दिन अन्तर्राष्ट्रिय क्रिकेटबाट एउटा नियम हटाइएको थियो ? त्यो नियम हटाइँदा ब्याट्सम्यानलाई भने केही घाटा पुगेको थियो ।
सन् २०११ को अक्टोबर १ तारिखभन्दा अगाडि अन्तर्राष्ट्रिय क्रिकेटमा आवश्यक पर्दा ब्याट्सम्यानहरुले रनर (रन लिनका लागि दौडन अर्को ब्याट्सम्यान) राख्न पाउने नियम थियो । खेलका क्रममा यदि कुनै ब्याट्सम्यान दौडन असमर्थ भयो भने उनीहरुले रनर राख्न पाउँथे ।
ब्याट्सम्यानहरुले दौडिएर रन लिनका लागि ‘रनर’ राखे पनि ब्याटिङ भने आफैले गर्नु पर्थ्यो । यो नियमले ब्याट्सम्यानहरूलाई फाइदा पनि पुर्याएको थियो । तर, सन् २०११ को अक्टोबर १ तारिखदेखि यो नियम खारेज गरिएको थियो ।
यो नियम खारेज भएपछि अब कुनै ब्याट्सम्यान चोटग्रस्त भई दौडन असमर्थ देखिएमा त्यस्ता ब्याट्सम्यान ‘रिटायर्ड हर्ट’ भएर मैदानबाट बाहिरिनु पर्ने हुन्छ । अन्यथा घाइते ब्याट्सम्यानले ब्याटिङ गर्न चाहेमा रन लिन पनि आफैले दौडनु पर्ने हुन्छ ।
सुरुमा ब्याट्सम्यानहरुले ‘रनर’ राख्न पाउने नियमलाई सही समयमा सदुपयोग गर्थे । तर, बदलिँदो समयसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा यो नियमको व्यापक दुरुपयोग हुन थालेको थियो । ब्याट्सम्यानहरुले आफू थाकेपछि घाइते भएको बहाना बनाउँदै ‘रनर’ राख्न थालेका थिए ।
एक पटक भारतीय टोलीका पूर्वखेलाडी मोहम्मद अजहरुद्दिनले एउटा रमाइलो प्रसङ्ग सार्वजनिक गरेका थिए । अजहरुद्दिनका अनुसार, आफ्नो समयका चर्चित भारतीय खेलाडी नवजोतसिंह सिद्यु ९० रन बनाएपछि जहिले पनि आफ्नो खुट्टामा पीडा भएको बहाना बनाउँथे । उनी ९० रन बनाएपछि आफ्नो खुट्टा समाएर निकै पीडा भएको नाटक गर्थे । त्यसपछि उनका लागि छुट्टै ‘रनर’ को व्यवस्था गरिन्थ्यो र उनी रन लिन दौडने झन्झटबाट मुक्त हुन्थे ।
यस्तो खराब परम्परा बढ्दै गएपछि यो नियमको विरोध हुन थालेको थियो । यसका अतिरिक्त खेलाडीको स्वास्थ्यलाई ध्यान दिन थालिएको थियो । यदि कुनै ब्याट्सम्यान खेलका क्रममा घाइते भएमा उसले कुनै जोखिम नउठाई मैदानबाट बाहिरिनु पर्छ र आराम गर्नु पर्छ भन्ने मान्यता पनि बढेर गएको थियो । त्यसैले गम्भीर छलफलपछि आईसीसीले यो नियम खारेज गरेको थियो ।
‘रनर’ राख्न पाउने नियमको विषयमा एक पटक भारतीय टोलीका पूर्वखेलाडी मोहम्मद अजहरुद्दिनले एउटा रमाइलो प्रसङ्ग सार्वजनिक गरेका थिए । अजहरुद्दिनका अनुसार, आफ्नो समयका चर्चित भारतीय खेलाडी नवजोतसिंह सिद्यु ९० रन बनाएपछि जहिले पनि आफ्नो खुट्टामा पीडा भएको बहाना बनाउँथे ।
उनी ९० रन बनाएपछि आफ्नो खुट्टा समाएर निकै पीडा भएको नाटक गर्थे । त्यसपछि उनका लागि छुट्टै ‘रनर’ को व्यवस्था गरिन्थ्यो र उनी रन लिन दौडने झन्झटबाट मुक्त हुन्थे । त्यसपछि उनी आरामले ब्याटिङ गर्थे र ‘रनर’ को भूमिकामा आएका खेलाडी रन लिन दौडन्थे ।
यसैगरी, पाकिस्तानी टोलीका तीव्र गतिका पूर्वबलर वसिम अकरमले पनि एक पटक आफ्ना साथी सइद अनवरको पोल खोलेका थिए । वसिम अकरमका अनुसार, सइद अनवर आफूले शतक बनाएलगत्तै खुट्टामा चर्को पीडा भएको बहाना बनाउँथे ।
त्यसपछि उनका लागि ‘रनर’ को व्यवस्था गरिन्थ्यो । उनको यस्तो व्यवहारबाट अम्पारहरु पनि हैरान भइसकेका थिए । त्यसैले अम्पायरहरू खेल सुरु हुनुअघि नै सइद अनवरलाई जिस्काउँदै भन्थे, ‘यो खेलमा तिमीले रनर पाउने छैनौँ ।’