लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक
मङ्गलबार, १५ असोज २०८१, २० : ४८
काठमाडौँ । नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आज आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त लोगो सार्वजनिक गरेको हो ।
नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेललाई लुम्बिनी लायन्सले मार्की खेलाडीका रूपमा साइन गरेको थियो ।
सार्वजनिक गरिएको नयाँ लोगोमा साहसी सिंहलाई प्रस्तुत गरिएको छ जसले टिमको शक्ति, साहस र लिगमा वर्चस्व कायम गर्ने दृढतालाई प्रस्तुत गरेको टिमको भनाई छ । लुम्बिनी लायन्सको सारलाई समेट्न डिजाइन गरिएको यस लोगोले क्लबले एकता र दृढताको भावना झल्काउँछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा आठवटा टिम समावेश छन्। लिग मङ्सिर १६ देखि काठमाडौँमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण