संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ हुँदै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।
बैठकमा प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ ।समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।
संवैधानिक परिषद्को गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो ।
समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वय विरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ । समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदभित्रै सांसद थापाले च्याते बजेट किताब
-
सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव
-
राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो
-
बाढीको जोखिम रहेको उपत्यकाका नदीको अनुगमनमा मन्त्री
-
माओवादीले संघीय निजामती विधेयकबारे संसद्मा कुरा उठायो
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता