सेल्टिकको पोस्टमा डर्टमन्डको ७ गोल
इडुना पार्क । जर्मन क्लब बोरुसिया डर्टमन्डले सेल्टिकको पोस्टमा गोल वर्षा गरेको छ । मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा टोली ७–१ गोल अन्तरले विजयी बन्यो ।
एमरे च्यानले खेलको ७ औँ मिनेटमा नै पेनाल्टीबाट डर्टमन्डलाई अग्रता दिलाएका थिए । तर, दुई मिनेटपछि डाइजेन माइडेलाई सेल्टिकका लागि बराबरी गोल फर्काए ।
त्यसपछि भने खेलमा डर्टमन्डले गोलको वर्षा सुरु गर्यो । करिम अडेयामीले आफ्नो ह्याट्रिक पुरा गरे भने सेरहु गुइरासीले दुई गोल गरे ।
बराबरी गोल फर्काएको दुई मिनेटपछि अडेयामीले पुनः डर्टमन्डलाई अग्रता दिलाएका थिए । २९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ४२ औँ मिनेटमा ह्याट्रिक पुरा गरे ।
त्यसअघि ४० औँ मिनेटमा गुइरासीले पेनाल्टीमार्फत गोल गरेका थिए । उनले दोस्रो हाफको ६६ औँ मिनेटमा अर्को गोल थपे । ७९ औँ मिनेटमा फेलिक्स एनमेचाले सातौँ गोल गरे ।
अब डर्टमन्डले गत सिजनको फाइनलको रिप्लेका रूपमा रियल मड्रिडको सामना गर्नेछ । उता, ब्रेन्डन रोजर्सको सेल्टिकले इटालियन क्लब एटलान्टाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण