गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्सलाई २ लाख जरिवाना
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन मिठाई बेच्ने आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनीलाई २ लाख जरिवाना तिराएको छ । विभागले बुधबार जावलाखेल ललितपुर महानगरपालिका १५ स्थित आगन स्वीट्स ब्राण्डको मिठाई उत्पादक कम्पनी आकाश फुड्सलाई २ लाख जरिवाना तिराएको हो ।
यस कम्पनीमा पुरानो खुइलिसकेको प्याकेटको खाने तेल प्रयोग गरी मिठाइ उत्पादन गरिएको फेला पारेको थियो । ललितपुरकै हानकुक साराङ रेस्टुरेन्ट प्रालि ३ लाख जरिवाना तिराएको छ ।
साराङ रेस्टुरेन्टले मैदाको ब्राण्ड उल्लेख नभएको फेला पारेको थियो । उक्त मैदामा लेबल नै नराखेको तथा उत्पादन मिति, ब्याच नम्बर र परिमाण उल्लेख नभएको पाइएको थियो ।
यस्तै दर्ता प्रमाण पत्र नराखी सञ्चालन गरिएको नयाँ बानेश्वरस्थित जनकपुर मिठाई एण्ड चार्ट्स हाउसलाई पनि ६५ हजार जरिवाना गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण