मस्कले किनेको भन्दा ८० प्रतिशत घट्यो एक्सको मूल्य
बुधबार, १६ असोज २०८१, १५ : ५८
वाशिङ्टन डीसी । माइक्रो ब्लगिङ वेबसाइट एक्सको मूल्याङ्कन दुई वर्ष अघिको तुलनामा ८० प्रतिशतभन्दा कम छ । लगानी कम्पनी फइडेलिटीले गरेको अनुमानले यस्तो देखाएको हो ।
सन् २०२२ को अक्टोबरमा मस्कले ४४ अर्ब डलर तिरेर एक्स किनेका थिए । मस्कले किनेलगत्तै एक्सलाई प्राइभेट बनाएका थिए । अगस्टको अन्त्यसम्ममा एक्सको मूल्याङ्कन ४ अर्ब २० करोड डलर मात्रै रहेको फाइडेलिटीको ब्लू चिप ग्रोथ फन्डले आइतबार पेस गरेको फाइलिङले देखाएको छ ।
यो मूल्याङ्कन जुलाईको अन्त्यमा कम्पनीले गरेको अनुमान भन्दा २४ प्रतिशत कम हो । सन् २०२२ को अक्टोबरको मस्कले ट्विटर किन्दाको तुलनामा भने यो ७९ प्रतिशत कम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण