बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु
बुधबार, १६ असोज २०८१, १९ : ३१

काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरोमा परी दुई सय ३२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार २३ जना बेपत्ता रहेका छन् । यस्तै अन्य एक सय ६५ जना घाइते भएका छन् ।
हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
-
सिम्रौनगढ नगरपालिकाका मेयरमाथि प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको आरोप
-
स्रष्टा, साहित्य र समाज
-
पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो
-
लुम्बिनी प्रदेश सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग बजेटबारे सुझाव संकलन
-
लायन्स कप भलिबल: गण्डकीलाई हराउँदै एपीएफ सेमिफाइनलमा