घटस्थापनाको अवसर पारेर ‘द्रौपदी’ को फष्टलुक सार्वजनिक
काठमाडौंँ । फिल्म द्रौपदीको फष्टलुक सार्वजनिक गरिएको छ । घटस्थापनाको दिनको अवसर पारेर फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गरिएको हो । पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको घैटो कम्मरमा बोकेको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भएको फिल्म ऋषिराज आचार्यले निर्देशन गरेका हुन् ।
फिल्ममा ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ । रवि ओडको संगीत रहेको फिल्ममा मोहनकुमार झिल्लुको छायाङ्कन छ ।
निर्देशक आचार्य र प्रकाश ज्ञवालीले मिलेर निर्माण गरेको फिल्ममा कथा, पटकथा, सम्वाद र गीत समेत निर्देशन आचार्यको छ । यस फिल्मबाट आस्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाले अभिनय डेब्यु गर्दैछन् । फिल्मको प्रदर्शन मिति घोषणा हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण