बागलुङ कालिकामा दर्शनार्थीको भीड
बागलुङ । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजन पनि फर्किने क्रममा यहाँ दर्शन गर्न आएपछि मन्दिरमा भीड लागेको थियो । “मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन पर्यो भनेर आयौँ, कालिकामा पूजा गरेपछि मनमा शान्ति मिल्छ,” पोखराबाट आएका पोषण शर्माले भने, “बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।”
होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निलेश राजभण्डारीका अनुसार केही दिनदेखि होटलहरु भरिभराउ छन् । मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क छैन । खपत भएका नरिवल र बलिको सङ्ख्याका आधारमा अनुमान गर्ने गरिएको छ । हरेक वर्ष दसैँमा चार लाख बढी नरिवल बिक्री भएको तथ्याङ्क छ ।
चैतेदसैँमा पनि यहाँ भीड लाग्ने गर्छ । पाँच सय वर्ष अघि स्थापना भएको यस मन्दिरमा नियमित पूजा हुँदै आएको किम्वदन्ती छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण