बाढी पहिरो पीडितलाई तत्काल राहत र व्यवस्थापन गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ । अखिल क्रान्तिकारीले बाढी पहिरो पीडितहरूलाई तत्काल राहत र व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । सो सङ्गठनले प्राकृतिक प्रकोपको पूर्वानुमान भएपछि सम्भावित जोखिमको सही पहिचान गरी क्षति न्यूनीकरण, बेपत्ताहरूको खोजी कार्य, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था र विस्थापितलाई पुनर्स्थापित गर्न समेत माग गरेको छ । बिहीबार अध्यक्ष मण्डलले एक विज्ञप्ति जारी गर्दै पीडितहरूको तत्काल राहत तथा पुनर्स्थापना गर्न माग गरेको हो ।
‘प्राकृतिक प्रकोपको पूर्वानुमान भएपछि सम्भावित जोखिमको सही पहिचान गरी न्यूनीकरण गर्न, बेपत्ताहरूको खोजी कार्य गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, विस्थापितलाई पुनः स्थापित गर्न सरकारसँग जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ । यसैगरी देश र जनता दुःख र सङ्कटको परिस्थितिबाट गुज्रिरहँदा समेत सरकार उदासीन रहेको आरोप लगाएको छ ।
‘देशको राजधानीमै लामो समयसम्म उद्धारको प्रतीक्षा गर्दागर्दै अन्ततः बाढीसँगै बग्नुपर्ने जुन अत्यन्तै पीडादायी अवस्था देखियो । यसले सरकार देश र जनताप्रति उदासीन रहेको कुरा प्रस्ट हुन्छ’, सरकारलाई चेतावनी दिँदै भनेको छ, ‘देश र जनता दुख र सङ्कटको परिस्थितिबाट गुज्रिरहँदा सरकारलाई उदासीन नहुन र हेलचेक्रयाई नगर्न कडा चेतावनी दिन चाहान्छौं ।’
हाम्रो सङ्गठनका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता तथा कार्यकर्तालाई राहत, उद्धार र पुनर्स्थापनाका लागि तीव्र रूपमा जुट्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण