मनसुनजन्य विपद्का कारण उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता
बिहीबार, १७ असोज २०८१, १९ : ३१
काठमाडौँ । असोज ११ र ११ मा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्र ६६ जनाले ज्यान गुमाएका छन् । उपत्यकामा सबैभन्दा धेरै मृत्यु ललितपुरमा भएको छ । ललितपुरमा ४४ जना, काठमाडौँमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयको अनुसार हालसम्म देशभर २३६ जनाको मृत्यु पुष्टि भएको छ । कोशी प्रदेशमा २० जना, मधेसमा ९ जना, बागमतीमा १३९ जना र लुम्बिनीमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा पनि २ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परेर १९ जना बेपत्ता भएका नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले रातोपाटीलाई बताए । देशभरबाट सेना, सशस्त्र, प्रहरी र स्वयंसेवकहरूले १७ हजार १३१ जनाको उद्धार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण