मनसुनजन्य विपद्का कारण उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता
बिहीबार, १७ असोज २०८१, १९ : ३१
_kHpMovN7aj.jpg)
काठमाडौँ । असोज ११ र ११ मा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्र ६६ जनाले ज्यान गुमाएका छन् । उपत्यकामा सबैभन्दा धेरै मृत्यु ललितपुरमा भएको छ । ललितपुरमा ४४ जना, काठमाडौँमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयको अनुसार हालसम्म देशभर २३६ जनाको मृत्यु पुष्टि भएको छ । कोशी प्रदेशमा २० जना, मधेसमा ९ जना, बागमतीमा १३९ जना र लुम्बिनीमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा पनि २ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोमा परेर १९ जना बेपत्ता भएका नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले रातोपाटीलाई बताए । देशभरबाट सेना, सशस्त्र, प्रहरी र स्वयंसेवकहरूले १७ हजार १३१ जनाको उद्धार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको हत्या
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन
-
एनआरएनएभित्र राजनीति नगर्न परराष्ट्रमन्त्रीको आग्रह
-
आरभ र स्वस्तिकालाई सिटिजन्स बैंक टेनिस उपाधि