समाचार
अस्थायी आवासबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने
शुक्रबार, १८ असोज २०८१, ११ : ४४
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ ।
‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे छलफल र निर्णय हुनसक्छ ।’
सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण