एसिया रग्बी सेभेन्स : नेपाली पुरुष टोलीको लगातार दोस्रो हार
काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पहिलो दिन शुक्रबार नेपालको पुरुष टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ । नेपाली पुरुष टोली आफ्नो दोस्रो खेलमा बहराइनसँग पराजित भएको हो । उक्त खेलमा बहराइनले नेपाललाई २७–०७ स्कोरले हरायो ।
यसअघि शुक्रबार नै नेपालको पुरुष टोली आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । नेपालको पुरुष टोलीले अब आफ्नो तेस्रो खेल शनिबार खेल्नेछ । नेपालको महिला टोली पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।
फिलिपिन्सले नेपालको महिला टोलीलाई ३२–० स्कोरले हराएको थियो । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा सञ्चालन भएको हो । प्रतियोगितामा १६ राष्ट्रका २१ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरूषतर्फ १४ र महिलातर्फ सात टोलीले भाग लिएका छन् । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइँदै छ ।
नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा बहराइन र उज्वेकिस्तान पनि छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन छन् । समूह ‘सी’ मा कजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई छन् ।
यसैगरी, महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । महिलातर्फ समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान रहेका छन् । समुह ‘बी’ मा भने भारत, इन्डोनेसिया र श्रीलंका परेका छन् ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालबाट महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गरेका छन् ।
यो प्रतियोगिता सन् २०२५ मा आयोजना हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले सन् २०२५ मा आयोजना हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । आयोजकका अनुसार, प्रतियोगिताको पहिलो दिन ३० खेल हुनेछन् । सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलो पटक आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण