भारत सरकारले भन्यो– वैवाहिक बलात्कारलाई अपराधीकरण गर्नु अति कठोर हुन्छ
नयाँ दिल्ली । भारत सरकारले वैवाहिक बलात्कारको अपराधीकरण गर्नु अति नै कठोर हुने भनेको छ । सर्वोच्च अदालतमा वैवाहिक बलात्कारको अपराधीकरण गर्न मागसहित याचिका दायर भएको थियो । ‘आफ्नी पत्नीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने मौलिक हक पुरुषसँग छैन, तर यौन हिंसाबाट विवाहित महिलालाई बचाउने पर्याप्त कानुनहरू छन्,’ सोही याचिकालाई उद्धृत गर्दै सङ्घीय गृहमन्त्रीले सर्वोच्च अदालतलाई भनेका छन् ।
सर्वोच्च अदालतले बेलायतकालीन कानुनमा संशोधनका लागि परेको याचिकामा सुनवाइ गर्दैछ । विवाहभित्र हुने बलात्कारमा पुरुषमाथि मुद्दा चलाउन मिल्दैन भनेर सो कानुनले भन्छ । भारतमा वैवाहिक सम्बन्धमा हिंसा व्यापक छ । हालै सरकारले गरेको एउटा सर्वेक्षणका अनुसार हरेक २५ मध्ये एक महिलाले आफ्नो श्रीमानबाट यौन हिंसा खेपिरहेकी छिन् ।
विश्वका सयभन्दा धेरै देशमा वैवाहिक बलात्कार गैरकानूनी छ । तर यस्तो कानुन नभएका पाकिस्तान, अफगानिस्तान र साउदी अरब समेतका करिब ३ दर्जन देशमा भारत पनि पर्छ । हालैका वर्षहरूमा वैवाहिक बलात्कारलाई अपराध घोषित गर्ने मागसहित भारतको कयौँ याचिका दायर भएका छन् । तर पुरानो कानुनले कयौँ छुट दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण