भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु
शुक्रबार, १८ असोज २०८१, २२ : ३१
नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
उत्तर प्रदेशको राजधानी लखनउबाट ३४५ किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्जापुर जिल्लाको जीटी रोडमा शुक्रबार बिहान दुर्घटना भएको हो । “भदोही जिल्लामा निर्माण कार्यबाट फर्केका १३ जना मजदुर बोकेको ट्रयाक्टर ट्रलीलाई नियन्त्रण बाहिर गएको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो,” एक वरिष्ठ प्रहरी अधिकारी अभिनन्दनले भने “ट्याक्टर ट्रलीमा सवार १३ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीनजनालाई अस्पताल लगिएको थियो ।”
प्रहरीका अनुसार मृत्यु भएका मिर्जामुराद क्षेत्रका बासिन्दा हुन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण