लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी छ : हिजबुल्लाह

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार जनाएको छ । इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट “पछि हट्न“ बाध्य पारेको विज्ञप्तीमा जनाइएको छ । इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा ‘साल्वो रकेट’ साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमाण गरेको बताएको छ ।
हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् । विस्थापितहरूको उचित व्यबस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?