क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास
काठमाडौँ । गत शुक्रबार र शनिबार गएको भीषण बाढी पहिरोमा काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा ठुलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् ।
बडादसैँमा भिडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।
बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो । तर शनिबार सरसफाइ गरेपछि केही सहज भएको छ । नगरप्रमुख मोहन बस्नेतका अनुसार वर्षाका कारण कसैले पनि कल्पना नगरेको क्षति बेहोर्नु परेकाले सबै मिलेर मन्दिर सफा गरेको जानकारी दिए ।
‘दसैँको अवसरमा भएको क्षति गम्भीर छ । यसमा सबैले धैर्यताका साथ विपद्लाई सामना गर्नुपर्ने अवस्था छ । नगरपालिका र समितिको संयुक्त प्रयासले गर्दा भक्तजन आउन सहज अवस्था भएको छ,’उनले भने,‘ अपाङ्ग र ज्येष्ठ नागरिकहरूका लागि छिटो दर्शन गर्ने वातावरण मिलाएका छौँ साथै औषधीको पनि व्यवस्था गरेका छौँ ।’
नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशल कुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताए । नेपाल आर्मी, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्था, स्वयंसेवक र हामी सबै मिलेर पाँच दिन यता सरसफाइमा जुटिरहेको उनले जानकारी दिए ।
दक्षिणकाली–६ का वडाध्यक्ष शैलेसमान मानन्धरले नगरपालिका, वडा कार्यालय, व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र भक्तजनहरूको सहयोगमा बाटो खुलाउने र फोहोरहरू सफा गरेर मन्दिर सुचारु गरिसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण