लगातार बढिरहेको छ गोलभेँडाको भाउ
काठमाडौँ । पछिल्लो समय बजारमा लगातार गोलभेँडाको भाउ बढिरहेको छ । कालीमाटी तरकारी बजारमा शनिबार भारतीय ठुलो गोलभेँडा प्रतिकिलो १४० देखि १६० रुपैयाँ सम्म रहेको छ । अघिल्लो शनिबार (एक साताअघि) गोलभेँडाको औसत मूल्य प्रतिकिलो १०५ रुपैयाँ रहेको थियो ।
यो भारतीय गोलभेँडा शनिबार (आज) ४२.८ प्रतिशतले बढेर औसत १५० रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सानो लोकल गोलभेँडा ९० देखि १०० रुपैयाँसम्म रहेको छ भने सानो टनेल गोलभेँडा १०० देखि १२० रुपैयाँसम्म पुगेको छ ।
एक साताअघि ३१ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको सानो लोकल गोलभेँडा शनिबार २०६ प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ । सानो टनेल गोलभेँडा ६० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा अहिले ८३.३३ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ ।
कालीमाटी तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ अहिले बाढी पहिरोका कारण भारतीय गोलभेँडा बजारमा आउन छाडेका र नेपाली गोलभेँडा उत्पादन घटेकाले बजारमा गोलभेँडा महँगिएको बताउँछन् ।
यसका साथै नजिकिएको चाडपर्वका कारण बजारमा माग बढेको तर बजारमा आगमन घटेकाले गोलभेँडाको मूल्य बढेको उनको भनाइ छ ।
‘अहिले बजारमा आगमन घटेको छ । यो गोलभेँडा उत्पादन गर्ने अफ सिजन पनि हो । थोरै आउँछ तर माग धेरै छ त्यसैले बढेको हो,’ श्रेष्ठले भने । अबको एक सातासम्म मूल्य नघट्ने देखिएको श्रेष्ठले बताए ।
भारतीय ठुलो गोलभेँडा विशेष गरी होटल तथा रेस्टुरेन्टहरूमा सलादको रूपमा प्रयोग गरिने भएकाले होटल व्यवसायीले खरिद गर्छन् । र उपभोक्ताको भान्सामा प्रयोग गरिने गोलभेँडा स्थानीय गोलभेँडा हो ।
कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा नआए पनि स्थानीय गोलभेँडा शनिबार मध्यान्हसम्म ७ हजार किलो आगमन भएको कालिमाटीले जनाएको छ । अघिल्लो साता २८ हजार ७२५ किलो गोलभेँडा आयात भएको थियो भने हिजो शुक्रबार २६ हजार १०० किलो गोलभेँडा बजारमा आएको थियो । अघिल्लो शनिबारको तुलनामा शुक्रबारको ७८.७ प्रतिशतले आगमन बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण