मेक्सिको–ग्वेटेमाला सीमामा गोली प्रहारमा घाइते हुनेमा ३ नेपाली पनि
आइतबार, २० असोज २०८१, १६ : ५०
मेक्सिको सिटी । मेक्सिको–ग्वेटेमालाको सीमा नजिक ११ जना नेपाली समेत पाकिस्तान लगायत विविध देशका आप्रवासीहरू सवार रहेको एक सवारी साधनमा गोली चल्दा तीन नेपाली घाइते भएका छन् ।
वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले तीन नेपाली घाइते भएको पुष्टि गरेको हो । मेक्सिकोको सेनाले हानेको गोली लागेर सो घटनामा ६ आप्रवासीको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
यस अघि मृतक र घाइतेको राष्ट्रियता खुलाइएको थिएन । यो घटना मंगलबार अक्टोबर २ मा स्थानीय समयअनुसार साँझ ९ बजे घटेको थियो ।
आप्रवासीहरू पिक–अप ट्रकलाई त्यस्तै खालका अन्य दुई सवारी साधनले पछ्याइरहेका थिए । विस्फोटको आवाज सुनेपछि केही सेनाले गोली चलाएका थिए । यस क्रममा घटनास्थलमा ४ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा अरू दुई जनाको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण