‘तिम्रै हुने मन छ’ मा सलोन र सिमोनको रोमान्स
सोमबार, २१ असोज २०८१, ११ : ३७
काठमाडौँ । गायक सूर्य भुजेल र गायिका नित्या शिवाको स्वर रहेको गीत ‘तिम्रै हुने मन छ’ को भिडियो सार्वजनिक भएको छ । शङ्कर अधिकारी ‘घायल’ को शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज गीतमा छ ।
सञ्चारकर्मी कुमार आचार्य निर्देशित भिडियोमा सलोन बस्नेत, सिमोन गिरी र नरेश पौडेलको अभिनय छ । गीतमा पुरानो समयको प्रेमकथा देखाइएको छ । सलोन र सिमोनको रोमान्स देखाइएको भिडियोमा नरेशलाई सिमोनको बुवाका रूपमा प्रस्तुत गरिएको छ । उनलाई सलोन र सिमोनको प्रेमको विरोधीका रूपमा देख्न सकिन्छ ।
सुरेश पाण्डेको कोरियोग्राफी, ईश्वर सिंकेमनको सिनेमाटोग्राफी, सौरभ लामाको डिओपी, बन्दे प्रसादको सम्पादन भिडियोमा छ । भिडियोको पोस्ट प्रोडक्सन मुभी पोइन्टले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण