पाइरेसीविरुद्ध निश्चलले दिए साइबर ब्युरोमा उजुरी
काठमाडौँ । फिल्म ‘बेहुली फ्रम मेघौली’को महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जाल हालिएको भन्दै निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
पाइरेसीका कारण फिल्मलाई क्षति पुगेकोले त्यस्ता सामाजिक सञ्जालका एकाउन्ट ब्लक गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै बस्नेतले उजुरी दिएका हुन् ।
बस्नेतले आफूले साइबर ब्युरोमा उजुरी दिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘फिल्म बौद्धिक सम्पत्ति भएको र जति पनि युट्युब र टिकटक एकाउन्टबाट दृश्य अपलोड भएका छन्, ती एकाउन्ट ब्लक गर्न र पाइरेसी गर्नेलाई कारबाही गर्न माग गरेको छु ।’
केही दिनअगाडि चलचित्र विकास बोर्डले पनि एक विज्ञप्ति जारी गर्दै फिल्मको पाइरेसी नगर्न अनुरोध गरेको थियो ।
‘बेहुली फ्रम मेघौली’ गत बिहीबारबाट प्रदर्शनमा आएको हो । निश्चल बस्नेत, स्वस्तिमा खड्का, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको फिल्म सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्मको महत्त्वपूर्ण दृश्यहरू अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण