लहडमा नीति बनाउनु हुँदैन : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ढकालले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरू बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताए । उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरू लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताए । उनले अनुगमनको हिसाबले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गरे ।
उनले भने, ‘हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिजहरू अनुगमनको हिसाबले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’
अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्त्वपूर्ण रहेको बताए । स्थिर नीति हुँदा व्यवसायहरू पनि फस्टाउने उनले बताए । उनले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण