खाद्यले बिक्री गर्यो ५२८ खसीबोका र च्याङ्ग्रा
_XLFBF7xsdo.jpg)
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय २८ खसीबोका र च्याङ्ग्रा बिक्री गरेको छ । कम्पनीले १ हजार २७९ खसीबोका र च्याङ्ग्रामध्ये ५२८ बिक्री गरिएको हो ।
कम्पनीले ९ सय ९४ खसीबोकामध्ये ४३८ बिक्री गरेको छ भने, २८५ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बिक्री गरेको जनाएको छ । कम्पनीले असोज २० देखि १० रुपैयाँ छुटसहित खसीबोका र च्याङ्ग्रा बेच्दै छ ।
कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्दै छ भने, च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा निर्धारण गरेको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलोमा छुट गरेर १२२० रुपैयाँका दरले बचिएको कम्पनीले जनाएको छ ।
कम्पनीले यो दसैँमा खसीबोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च रक्तचापसँग सम्बन्धित ५ भ्रमहरू
-
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते
-
सहाना प्रधान : जुलुस निकाल्दा पक्राउ, पुष्पलालसँगै कारागार, पछि जागिरबाट निकाला
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला