खाद्यले बिक्री गर्यो ५२८ खसीबोका र च्याङ्ग्रा
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय २८ खसीबोका र च्याङ्ग्रा बिक्री गरेको छ । कम्पनीले १ हजार २७९ खसीबोका र च्याङ्ग्रामध्ये ५२८ बिक्री गरिएको हो ।
कम्पनीले ९ सय ९४ खसीबोकामध्ये ४३८ बिक्री गरेको छ भने, २८५ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बिक्री गरेको जनाएको छ । कम्पनीले असोज २० देखि १० रुपैयाँ छुटसहित खसीबोका र च्याङ्ग्रा बेच्दै छ ।
कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्दै छ भने, च्याङ्ग्राको मूल्य प्रतिकिलो यो वर्ष १२३० रुपैयाँमा निर्धारण गरेको छ । च्याङ्ग्राको मूल्य प्रतिकिलोमा छुट गरेर १२२० रुपैयाँका दरले बचिएको कम्पनीले जनाएको छ ।
कम्पनीले यो दसैँमा खसीबोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण