सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध
सोमबार, २१ असोज २०८१, २२ : २३

चैनपुर । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन ।
जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार नजिक खसेको सुक्खा पहिरो हटाएर अझै यातायात सञ्चालन गर्न नसकिएको स्थानीय रमेश गिरीले बताए । उनका अनुसार पहिरो पन्छाउन दुई वटा जेसिबी प्रयोग गरिए पनि माथिबाट निरन्तर पहिरो खसेका कारण सडक सञ्चालन हुन नसकेको हो ।
सडकमा पहिरो गएपछि यात्रुहरू तलबाट हिँडेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले जानकारी दिए । उनले जेसिबीले सफा गर्न सुरु गर्ने वित्तिकै माथिबाट पहिरो आउने र सडक पुर्ने गरेको बताए । उनका अनुसार पहिरो रोकिने वित्तिकै पहिरो पन्छाइ सडक सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?