विग्ही नदीले बगाउँदा किशोरीको मृत्यु
सोमबार, २१ असोज २०८१, २२ : ४३
जलेश्वर । यहाँको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा आज विग्ही नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय वीरेन्द्र मण्डलकी छोरी १५ वर्षीया आरतीकुमारी मण्डल रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।
विग्ही नदीमा नुहाउन गएकी उनलाई नुहाउने क्रममा आएको बाढीले बगाएको थियो । नदीले बगाएको किशोरी आरतीलाई स्थानीयले खोज्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल फेला पारेका थिए ।
किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण