मेलम्चीको पानी काठमाडौँमा, मन्त्रीले गरे शुभारम्भ
काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् ।
सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामार्फत वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।
‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबिच सोमबार रातिसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ’ लामिछानेको भनाइ छ ।
मेलम्चीको पानी अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा आइसकेकाले काठमाडौँ उपत्यकावासीका धारा धारामा पानी वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए ।
बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ । मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण