अमेरिकाले गुगललाई टुक्र्याउने

वाशिङ्टन डीसी । अमेरिकाले घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई टुक्र्याउने खोजेको खबर बाहिरिएको छ । बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यसबारे कानुनी परामर्श गरिरहेका छन् ।
यो कदमले ठुला प्रविधि कम्पनीहरूले आफ्नो व्यापार व्यवसाय कसरी गर्छन् भन्ने कुराको नयाँ खाँका कोरिदिनेछ । आफूले अपनाउने उपायहरूमा आफ्नो इन्टरनेट सर्चमा गुगलले मनपरी गर्न नपाउने खालको संरचनात्मक व्यवस्था गरिने अमेरिकाको न्याय मन्त्रालयले बताएको छ ।
अगस्टमा गुगलले अनलाइन सर्चमा रहेको आफ्नो वचर्श्वको दुरुपयोग गरेर गैरकानूनी अभ्यास गरेको अदालतको सुनवाइ पछि न्याय मन्त्रालयको यो घोषणा आएको हो ।
गुगललाई क्रोम, प्ले र एन्ड्रोइड जस्ता प्रडक्टहरू प्रयोग गरेर गुगल सर्च र यससँग सम्बन्धी प्रडक्टमा लाभ दिनबाट रोक्ने उपायहरूबारे आफूले विचार गरिरहेको अदालतमा बुझाइएको एउटा फाइलिङमा मन्त्रालयले भनेको थियो ।
मन्त्रालयले २० डिसेम्बरभित्र विस्तृत प्रस्ताव बुझाउने आशा गरिएको छ । गुगलले पनि सोही अवधिभित्र आफ्नो प्रस्ताव बुझाउन सक्नेछ । गत अगस्टमा अदालतले दिएको फैसला गुगलको मातृ कम्पनी अल्फाबेटका लागि ठूलै झट्का भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा