अमेरिकाले गुगललाई टुक्र्याउने
वाशिङ्टन डीसी । अमेरिकाले घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई टुक्र्याउने खोजेको खबर बाहिरिएको छ । बीबीसीका अनुसार सरकारी अधिकारीहरूले यसबारे कानुनी परामर्श गरिरहेका छन् ।
यो कदमले ठुला प्रविधि कम्पनीहरूले आफ्नो व्यापार व्यवसाय कसरी गर्छन् भन्ने कुराको नयाँ खाँका कोरिदिनेछ । आफूले अपनाउने उपायहरूमा आफ्नो इन्टरनेट सर्चमा गुगलले मनपरी गर्न नपाउने खालको संरचनात्मक व्यवस्था गरिने अमेरिकाको न्याय मन्त्रालयले बताएको छ ।
अगस्टमा गुगलले अनलाइन सर्चमा रहेको आफ्नो वचर्श्वको दुरुपयोग गरेर गैरकानूनी अभ्यास गरेको अदालतको सुनवाइ पछि न्याय मन्त्रालयको यो घोषणा आएको हो ।
गुगललाई क्रोम, प्ले र एन्ड्रोइड जस्ता प्रडक्टहरू प्रयोग गरेर गुगल सर्च र यससँग सम्बन्धी प्रडक्टमा लाभ दिनबाट रोक्ने उपायहरूबारे आफूले विचार गरिरहेको अदालतमा बुझाइएको एउटा फाइलिङमा मन्त्रालयले भनेको थियो ।
मन्त्रालयले २० डिसेम्बरभित्र विस्तृत प्रस्ताव बुझाउने आशा गरिएको छ । गुगलले पनि सोही अवधिभित्र आफ्नो प्रस्ताव बुझाउन सक्नेछ । गत अगस्टमा अदालतले दिएको फैसला गुगलको मातृ कम्पनी अल्फाबेटका लागि ठूलै झट्का भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण