वीर गणेशमान सिंह राष्ट्रिय खेल टेनिस कार्तिकमा
काठमाडौँ । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्टस कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता कार्तिक ५ गतेदेखि सुरु हुने भएको छ ।
६ दिने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुने जानकारी प्रतियोगिताका संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा दिए । प्रतियोगितामा पुरुष/महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स/डबल्समा खेल हुनेछ ।
जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्समा प्रतिस्पर्धा हुनेछ । जुनियरमा बाहेक सबै समूहमा नगद पुरस्कार राखिएको छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४२ लाख रुपैयाँ खर्च हुनेछ ।
महिला र पुरुष एकलतर्फको विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ३५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेता ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । ३५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेताले ३१ हजार दुई सय ५० रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
यसैगरी, ४५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेताले ३७ हजार पाँच सय र ४५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेता २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । ५५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेता २५ हजार र ५५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेताले १८ हजार सात सय ५० रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, ६५ वर्षभन्दा माथिको पुरुष एकलतर्फको विजेताले १८ हजार सात सय ५० र ६५ वर्षभन्दा माथिको पुरुष डबल्सतर्फको विजेताले १२ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण