चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ ।
संगठनले बुधबार विज्ञप्ति जारी गर्दै तत्काल शिक्षक तथा कर्मचारीको तलबभत्ता निकासा गरी वितरण गर्न गराउन सम्पूर्ण सम्बन्धित स्थानीय तहहरूसँग माग गरेको छ । सङ्गठनका महासचिव हंसबहादुर शाहीले चाडवाडको समयमा केही स्थानीय तहले शिक्षक तथा कर्मचारीको तलब भत्ता रोकेर अधिकारबाट वञ्चित हुने वातावरण सिर्जना भएको जिकिर गरे ।
“सङ्घीय सरकारबाट विद्यालय शिक्षक तथा कर्मचारीको तलब भत्ता निकासा गर्ने दायित्वका रुपमा स्थानीय सरकारलाई सुम्पिएको सर्वविदितै छ । सङ्घीय सरकारबाट उपलब्ध सशर्त अनुदानअनुसार स्थानीय तहले समयमा तलब भत्ता वितरण गर्नुपर्नेमा त्यसो नहुँदा शिक्षक र कर्मचारी मर्कामा परेका छन्”, विज्ञप्तिमा भनिएको छ । हालसम्म तलब भत्ता उपलब्ध नगराउने विभिन्न ३४ स्थानीय तह रहेको शिक्षक सङ्गठनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण