बंगलादेशमा मोदीले उपहार दिएको माता कालीको मुकुट चोरियो
ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशलाई उपहारमा दिएको माता कालीको मुकुट चोरी भएको छ । बंगलादेशको जेशोरेश्वरी मन्दिरबाट माता कालीको बहुमूल्य मुकुट चोरी भएको हो ।
रिपोर्टका अनुसार यो मुकुट प्रधानमन्त्री नरेन्द्र मोदीले २०२१ मा आफ्नो भ्रमणका क्रममा उपहार दिएका थिए । बंगलादेशी पत्रिका डेली स्टारका अनुसार चाँदीले बनेको यो मुकुट बिहीबार दिउँसो २ बजेदेखि २ः३० बजेतिर चोरी भएको हो । त्यतिबेला मन्दिरका पुजारी दिलीप मुखर्जी पूजा सकेर मन्दिरबाट बाहिर निस्केका थिए । पछि सफाइ कर्मचारीले देवीको टाउकोबाट मुकुट हराइरहेको पाए ।
- ५१ शक्तिपीठ मध्ये एक थियो मन्दिर
प्रहरीहरूले मन्दिरको मन्दिरको सीसीटीभी फुटेज हेरिरहेका छन् । भारत र छिमेकी देशहरूमा फैलिएका ५१ शक्तिपिठमध्ये जेशोरेश्वरी एक हो । यो घटना हिन्दुहरूको महान् पर्व नवरात्रिको समयमा भएको हो । यसमा देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ, जसलाई माता कालीको रूपमा पनि पूजा गरिन्छ । प्रधानमन्त्री मोदीले मार्च २०२१ मा बंगलादेशको भ्रमणका क्रममा यशोरेश्वरी मन्दिरलाई यो मुकुट प्रदान गरेका थिए ।
- किन विशेष छ यो मन्दिर ?
सतखिराको ईश्वरीपुरमा अवस्थित यो जशोरेश्वरी मन्दिर १२औँ शताब्दीको उत्तरार्धमा अनारी नामका ब्राह्मणले बनाएका थिए । जसले जशोरेश्वरी पीठको लागि सय ढोका भएको मन्दिर बनाएको थिए । पछि १३औँ शताब्दीमा लक्ष्मण सेनद्वारा यसको जीर्णोद्धार गरियो । १६औँ शताब्दीमा राजा प्रतापादितले मन्दिरको पुनर्निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण