पोर्चुगलको जितमा रोनाल्डोको गोल
वारस । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले १ सय ३३ औँ गोल गर्दा टोलीले पोल्याण्डविरुद्ध सहज जित हासिल गरेको छ । यूईफए नेसन्स लिग अन्तरगत शनिबार भएको खेलमा पोर्चुगल ३–१ गोलले विजयी बनेको हो ।
खेलको २६ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा बर्नार्डो सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए । ३७ औँ मिनेटमा कप्तान रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए ।
यसअघि उनको प्रहार क्रसबारमा लागेको थियो । युरो २०२४ मा एक पनि गोल गर्न नसकेका रोनाल्डोको नेसन्स लिगका तीन खेलमा तेस्रो गोल थियो ।
७८ औँ मिनेटमा पिटोर जेलिन्स्कीले पोल्याण्डका लागि एक गोल फर्काए पनि ८८ औँ मिनेटमा जान बेडनारेकले आत्मघाती गोल गरेपछि पोर्चुगलले सजिलै खेल जित्यो ।
लिग ए को ग्रुप १ मा रहेको पोर्चुगलले सबै ३ खेल जित्दै ९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । अब टोलीले सबै खेल हारेको स्कटल्याण्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण